हिजो बेलुका मा. मन्त्रि विजय यादवले मलाई फोन गरेर गरिबी निवारणको लागि लघु उद्यम कार्यक्रममा तपाइलाई मैले भनेको एनजिओ किन पारिदिनु भएन भन्ने फोन गर्नु भो. मैले अब मार्क (अङ्क) कम ल्याए पछि परेन भनि भने। तर वहा तपाई भोलि म कहाँ फायल लिएर आउनु होलाभन्नु भो .

आज मलाई वहा को पीए मेरो कार्यकक्ष (चौथो तला) मा आएर अर्थ मन्त्रि ज्युले बोलाउनु भएको छ, भन्नु भो। मैले मा. वन मन्त्रि राम नरेश राय ज्युलाई सोधे कि जाउ अथवा न जाऔ, वहाले जान भन्नु भो। मा. विजय यादव को पीए संग वहाको कार्यकक्षमा (दोश्रो तल्ला) गए. सोफामा बसेको संगैको व्यक्ति मा. सभामुख हुनुहुन्छ भन्ने वहालाइ चिया अफर गर्ने मान्छेबाट थाहा पाये. आफु अन्जानमा मा. सभामुखसंग बस्न पुगेकोमा क्षमा माग्दै, बाहिरिए र बैठकमा बसी प्रतिक्षा गर्न थाले। त्यो बैठकमा अर्थमन्त्री बस्ने सोफा (तौलिया राखेको) मा अर्कै मान्छे बसेको थिए वहा लाइ " त्यहाँ मा मन्त्रि ज्यु बस्ने हुन, तपाई अर्को सोफामा बस्नुस" भने. त्यहाँ एक जना मधेश आन्दोलनमा घाइते थिए आर्थिक सहयोग माग्न आएका, frustrate देखेर वहालाइ सान्त्वना दिए र एक छिन पछि मलाई भेट्नु होला म तपाइलाई व्यक्तिगत सहयोग गर्नेछु भने.

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसपछि मा. विजय यादवको पीए आएर बोलाउनु भो. यसपाली अर्कै खाली कुर्सिमा बसे, जुन मन्त्रि जी को अपोज मा थियो. वहाले तपाई कुर्सि नजिक लिएर मेरो छेउमा बस्नुस भन्नु भो. कोहि र केहि बस्तु बिचमा नहुने गरि आफै कुर्सि लगेर नजिकमा बसे. त्यस पछि वहाले रिजल्ट र हिजोको फोन संवादको कुरा गर्नु भो र मैले ngo बाट लिएको पैसा तपाइको बाउले तिर्छ ? भन्नु भो। मेरो बाउको नाम न लिनुस भन्ने बित्तिक्कै बडो जोडले एक थप्पड हान्नु भो, थप्पडले वहाले लगाएको औठीले मेरो गाला चिथोरियो। म, सभामुख र एक जना हक्काबक्का भए। मैले आफुलाइ आत्म संयममा लिई "यो तपैले ठुलो अन्याय गर्नु भो" मेरो डायरी र फायल दिनुस, म लाग्छु भने। "फायल माग्ने साला, पहिले पैसा यहा राख" भन्दै फेरी पिट्न थाल्नु भो. यसपाली मा. सभामुख आफुलाई बिचमा ल्याएर मलाई बचाउनु भो. र सेक्युरिटीले बाहिर तान्न थाल्नु भो, पछाडीबाट कसैले जोडले एक लात हान्नु भो बाहिर तिर घचेट्ये। अनि म हल्ला गर्न थाले जुन भिडियो मा छ। पत्रकारलाई सम्पूर्ण व्योहोरा भन्न थालेको थिए, पुलिस आएर मलाई पक्रन थाले, मैले पक्राउ पुर्जी मागे।

पुलिसले जबर्दस्ती उठाएर (पछि तल पत्रकार र क्यामेरा देखे पछि अलि नरम भएर) गाडीमा हाले र जिल्ला प्रहरी लग्नु भो. बाटोमा प्रहरीबाटै थाहा उहाले उल्टै मलाई हिरासतमा राख्न लगाउनु भएको छ। मैले प्रहरीलाई जोर जबर्दस्ती गर्नु भो भने म वकिल बोलाउछु भने, त्यसपछि (धनुषा) एस पी साहब र सिडिओ साहेब आउनु भो र वहाहरुलाइ सम्पूर्ण ब्योरा भने (मौखिक) . वहाहरुले सार्है सम्मानजनक ब्यबहार गर्नु भो, चिया नास्ता सोध्नु भो। पानि मात्रै खाए. मुहार फुलेको र काटेको हुनाले अस्पताल जानु पर्छ भन्नु भो. अस्पताल गए र मा. मुख्यमन्त्रीज्युलाई भेटे। प्रमुख सचिब ज्यु लाइ भेटे। आफ्नो कुरो राखेर फर्के छु. न्यायको लागि सम्पूर्णमा अपिल गर्दछु। समर्थन गर्नुहुने सब्बैमा आभार व्यक्त गर्दछु।