काठमाडौं । प्रदेश २ का आर्थिक ममिला तथा योजना मन्त्री विजय यादवले प्रदेश वन मन्त्रालयका सचिवलाई आफ्नै कार्यकक्षमा बोलाएर दुव्र्यवहार गरेका छन् । प्रदेश २ उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई आइतबार दिउँसो ३ बजे आफ्नो कार्यकक्षमै बोलाएर मन्त्री यादवले आफूले भनेको गैरसरकारी संस्थाको फाईल सदर किन नगरेको भन्दै कुटपिट गरेपछि मन्त्रालयका कर्मचारीहरु मन्त्रालय अगाडि नै धर्ना दिएर एक घण्टा प्रदर्शन गरेका छन् । उता प्रहरीले मन्त्रालय अगाडि धर्नामा बसेका सचिवलाई पक्रिएको छ ।
आफू अनुकुलको गैर सरकारी संस्थालाई कामकाज नपारेको भन्दै कुटपिट गरी दुव्र्यवहार गरेको सचिव झाले पत्रकारहरुसँग दुःखेसो पोख्नुभयो । उहाँले आफूसँग पाँच लाख रकम पनि माग गरेको बताउनु भयो । सचिवलाई कुटपिट गरेपछि कर्मचारीहरुले बाहिर धर्ना दिएपनि सचिवलाई उल्टै मन्त्री यादवको निर्देशनमा प्रहरीले पक्राउ गरेको थियो । मन्त्री यादव संघीय समाजवादी फोरमबाट प्रदेश २ सरकारमा आर्थिक तथा योजनामन्त्री हुनुहुन्छ । भिडियो हेर्नुहोस्ः
https://youtu.be/1EKKu_aEdRk
https://youtu.be/1eUzA7dPXHs
https://youtu.be/1eUzA7dPXHs
https://youtu.be/1eUzA7dPXHs










