माघे संक्रान्ति पर्वमा प्रदेश नम्बर २ सरकारले माघ १ गते सार्वजनिक बिदाको घोषणा गरेको छ ।
प्रदेश नम्बर २ को सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषदको बैठकले माघे संक्रान्तिको अवसरमा माघ १ गते प्रदेश २ मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रूपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने उद्देश्यले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।










