दमक/झापाको दमकमा हुन लागेको प्रदेशस्तरीय बृहत वालमहोत्सवको तयारी तिब्र रुपमा अघि बढेको छ ।
प्रदेशभित्रका स्थानीय तह र शिक्षासंग सम्बन्धितत क्षेत्रमा पुग्ने काम भइरहेको बताईएको छ ।
महोत्सवलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने उदेश्यले सरोकारवाला निकायहरुसंग समन्वयका लागि महोत्सव मुल आयोजक समिति संयोजक समेत रहनु भएकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारी काठमण्डौ जाने तयारी भएको जनाईएको छ ।
माघ १७ देखि २१ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रचार अभियान पनि तिब्र बन्दै गएको छ । महोत्सवमा १ लाखभन्दा बढि सहभागि हुने अपेक्षा रहेको आयोजकको दाबी रहेको छ ।











