आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ १ गते,मंगलबार,इश्वी सन् २०१९ जनवरी १५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण, शिशिर ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्,तिथि– नवमी, १९:४६ बजेउप्रान्त दशमी,नक्षत्र– अश्विनी, ९:४६ बजेउप्रान्त भरणी,योग– साध्य, २६:१२ बजेउप्रान्त शुभ,करण– वालव, ७:४६ बजेदेखि कौलव, १९:४६ बजेउप्रान्त तैतिल,आनन्दादिमा अमृत योग,चन्द्रराशि– मेष, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२९ बजे र दिनमान २६ घडी १७ पला। व्रत/पर्व-माघ (मकर) संक्रान्ति, सर्वार्थसिद्धि योग ९:४६ बजेसम्म,माघी पर्व, उत्तरायण अारम्भ,देवघाट, वराहक्षेत्र, शंखमूल अादि तीर्थस्थलहरूमा मकरस्नान,मकरस्नान सुरु,घ्याेचाकुसल्हुँ,रिडी रूरूक्षेत्रमा तीनदिने धार्मिक मेला सुरु,लैच:ह्रे पूजा,छन्त्याल जातिको पर्व,तेह्रथुम गौखुरी मेला।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ २ गते,बुधबार,इश्वी सन् २०१९ जनवरी १६ तारिख,शकसंवत् १९४०, विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– दशमी, १९:२३ बजेउप्रान्त एकादशी,नक्षत्र– भरणी, १०:१० बजेउप्रान्त कृत्तिका,योग– शुभ, २४:३४ बजेउप्रान्त शुक्ल,करण– तैतिल, ७:३८ बजेदेखि गर, १९:२३ बजेउप्रान्त वणिज,आनन्दादिमा काण योग,चन्द्रराशि– मेष, १६:११ बजेउप्रान्त वृष, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २६ घडी २० पला। सर्वार्थसिद्धि योग १०:१० बजे प्रारम्भ। राष्ट्रिय भूकम्प दिवस।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ,रुचिका विषयमा लगानी बढाउने समय छ,तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,आजको शुभ अंक ७ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ, अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,आजको शुभ अंक ४ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ, विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ,अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,आजको शुभ अंक ११ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आतिथ्यपूर्ण सम्मान पाइएला,सहयोगीहरूबाटै धोका पाइएला,व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,लगानी, दौडधुप,श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला, नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक ९ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,आजको शुभ अंक १ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ, प्रतिस्पर्धी परास्त होलान्,सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,व्यवसायमा लगानी बढाउनुपर्ला,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,आजको शुभ अंक ६ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गोपनीयतामा ध्यान पुर्याउनुहोला,समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,तर आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला, अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,आजको शुभ अंक १० रहेको छ।

दिब्य ज्योतिष डट ओंआरजी बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah