आलोक यादव ,सिरहा,पुस ३० गते । आज ३:३० बजेको समयमा जिल्ला सिराहा नगरपालिका मिर्चैया वडा नम्बर ७ फुलबरिया स्थितमा गस्तीमा रहेको प्रहरी टाेलिले स.६.प २०६९ नम्बरको मोटर साइकल रोकि मोटरसाइकल चालक ऐ.ऐ. वडा नम्बर ६ बस्ने बर्ष २१ को बिष्णु यादवको शरीर तलासी लिंदा निजको साथ बाट लागु औषध DIALEX-DC ९४ बोतल नाइट्राेजन टयाबलेट ,RIDLEY टयाबलेट ३ पिस ,तथा नेपाली नगद रु १३,३६५ समेत बरामद गरि निज बिष्णु यादव लाई प्रकाउ गरेको छ , पक्राउ प्रतिवादी उपर आज सम्मानित सिराहा जिल्ला अदालत सिराहा बाट लागू औषध मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रियामा अगाडि बढाइने छ , जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपि माधव राज खरेलले जानकारी दिए ।











