काठमाडौं । बहुमूल्य धातु सुनको भाउ आकासिने क्रम जारी छ । आज मंगलबार सुनको भाउ तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । यो भाउ पाँच वर्षयताकै उच्च हो ।

यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको हो ।

आज तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । एकै दिन तोलामा ४ सय रुपैयाँ वृद्धि भएको हो ।