गुल्मी । मुसिकोट नगरपालिकामा आगो निभाउन लाग्दा एक जनाको जलेर मृत्यु भएको छ । वडा नम्बर १ का ५१ वर्षीय जितबहादुर नेपालीको जलेर मृत्यु भएको हो ।
नेपालीको गाेठमा सोमबार राति आगो लागेकाे र निभाउन लाग्दा उनकाे जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा जलेका नेपालीलाई उपचारको लागि पाल्पा अस्पताल लगिएको थियो । तर उपचारको क्रममै मृत्यु भयो । आगलागीबाट गोठमा रहेका दुई भैँसी समेत जलेर मरेको प्रहरीले जनाएको छ ।जनता समाचार बाट










