दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ पाडाजुङीमा हिजो सवारी दुर्घटना हुँदा एकजना घाइते भएको बताईएको छ ।

पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व जादै गरेको मे.८ प.८४४८ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिई दुर्घटना हुँदा कमल गाँउपालिका वडा नं. ५ बस्ने बर्ष ४५ का अमर चाम्लिङ घाईते भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घाइतेको लाईफ लाईन हस्पिटल दमकमा उपचार भईरहेको र मोटरसाइकल चालक ईलाम फिक्कल ९ बस्ने बिकाश राई प्रहरी नियण्त्रणमा रहेको बताइन्छ ।