काठमाडौं–फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश प्रसाद ढकालको संसदीय सुनुवाइ बिहीबार हुँदैछ ।

बिहान ११ बजेलाई बोलाइएको बैठक १२ बजेलाइ सारिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रस्तावित दुबै राजदूतमाथि कुनै उजुरी नपरेको संसद सचिवालयले जनाएको छ ।

यस्तै संयुक्तराष्ट्रसङ्घीय नियोगको स्थायी प्रतिनिधि अमृत राइको संसदीय सुनुवाइका लागि भोलिदेखि उजुरी संकलन गरिने भएको छ ।