काठमाडौं । पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ।

पात्रो अनुसार आउँदो दशै यो वर्षको तुलनामा १२ दिन अघि सरेको छ। २०७६ सालको दसैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ। पात्रो अनुसार फुलपाती १८ गते १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिले जनाएको छ।

त्यस्तै २०७६ सालमा छठ पर्व कातिक १६ गते परेको छ भने मातातीर्थ औँशी बैशाख २१ गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ।