नेपाली कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीलाई कम्युनिस्ट विरोधी भन्नु अज्ञानता र अहंकारले प्रभावित दृष्टि दोष भएको बताएका छन् । डा. केसीको अनसनका विषयमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले उनलाई हरेक सरकारको विरोध गरिरहेका ओलीलाई कम्युनिस्ट विरोधिका रुपमा मात्रै प्रमाणित गर्न खोज्नु गलत भएको बताएका हुन् ।

उनले केसी एक सन्त र फकिर भएको भन्दै कांग्रेस, एमाले, अख्तियार, न्यायालय सबैसँग लडेको व्यक्तिलाई एक पार्टीको विरोधी देखाउन नहुने धारणा व्यक्त गरे । उनले केसी जनताको पक्षमा सबै पार्टीदेखि अख्तियार र न्यायलयका विरुद्धमा समेत लडेको भन्दै कसैको पक्षपाति भएको भन्न नहुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डा. केसीबारे गगन थापाले जारी प्रेस विज्ञप्ति

नयापत्रिका बाट साभार गरिएको