काठमाण्डु, ३ माघ– चिकित्सा शिक्षा सुधारका लागि दबाब दिन भन्दै इलाम पुगेर १६ औं पटकको अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाण्डु ल्याउने तयारी भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले केसीलाई उपचारका लागि तत्काल काठमाण्डु लानुपर्ने सुझाव दिएपछि राति नै उनलाई हेलिकोप्टरमा काठमाण्डु ल्याउन लागिएको हो । केसीको अनशन बिहीबार नवौं दिन पुगेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले केसीलाई बिहीबार राति नै हेलिकोप्टरमार्फत काठमाण्डु पठाइने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केसी समर्थक चिकित्सक डा. अभिषेश सिंहले पनि केसीको अवस्था जटिल बनेकाले काठमाण्डु लगिने बताए । केसीलाई निमोनिया लगायत रोगले च्यापेको छ ।