काठमाडौं, २ फागुन । विश्व रेडियो दिवस आज विभिन्न विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष छठौ विश्व रेडियो दिवसको नारा ‘तपाई नै रेडियो’ भन्ने तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रोअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको अगुवाई नपालमा रेडियोहरुले विश्व रेडियो दिवस मनाउँदैछन् ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । विश्वमा भने व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९५ वर्ष भएको छ ।

नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालको सन्दर्भमा सरकारी रेडियो, सामुदायिक रेडियो र निजी क्षेत्रका रेडियोहरूले रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हकको प्रवाहका लागि सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको छ ।  रेडियोहरूले सूचनामा नागरिकको पहुँच बढाउनाको अलावा लोकतन्त्र, मानवअधिकार, विधिको शासन र शान्तिपूर्ण सामाजिक रूपान्तरणका लागि अहम भूमिका खेलेका छन् । साझापोस्ट बाट सभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah