काठमाडौँ – दोलखा जिल्लाको तामाकोशी गाउँपालिका–४ मालु भन्ने स्थानको जोगीगाउँमा बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

शुक्रबार बिहान साढे सात बजे जन्ती बोकेको बस स्टार्ट गरे लगत्तै सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेथ्दे मिजारको छोराको विवाहको जन्ती बोकेको बा २ ख ३७६० नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सेते तामाङले जानकारी दिएका छन् ।

घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहको छ ।

रातो पाटि बाट साभार