प्रवासमा रहेर पनि कला ,गला र श्रष्टाको प्रबर्धन गर्दै आइरहेको नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले आगामी सलनालमा बृहत साहित्य मेला गर्ने भएको छ ।सलनालको दोस्रो दीन अर्थात फेब्रुरी ५ तारिक राजधानी सियोलमा गर्न लागिएको उक्त साहित्य मेलामा कोरियामा रहेका बिभिन्न श्रष्टा हरुले आफ्नो साहित्यितिक प्रस्तुति दिने प्रतिष्ठानका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक लोकराज न्यौपानेले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसरी प्रस्तुति दिने श्रष्टा हरुमा जनक सन्याल ,बोनम प्रताप ,शुष्मा रानाहँमा, गोपीकृष्ण लामिछाने ,छाबिसित कुलुङ , नबिन नेपाल ,अर्जुन लामा ,दिपेन्द्र भट्टराई तथा निर्दोष शिब रहेका छन् । कार्यक्रमलाइ सभ्य र भब्य रुपले सफल बनाउनको निमित्त कोरियामा रहेका सम्पूर्ण साहित्यप्रेमी माहानुभाव हरु,बुद्दिजीवी ,संघ संस्थामा आबद्व ब्याक्तित्व , पत्रकार लगाएत सम्पूर्ण लाइ उपस्थितिको लागि प्रतिष्ठानले हार्दिक अपिल समेत गरेको छ। कार्यक्रम वारे थप जानकारी ।स्थान–नेपाल हाउस सियोल,मिति–फेब्रुरी ५ ,२०१९,समय–बिहान १० बजे देखि,आयोजक-नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखा