झापाको शिवसताक्षी नगरपालिका-५ मा १८ महिने बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसाे गोपाल ताजपुरियाको १८ महिने छोरा टंक प्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको खाल्डोकाे पानीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

खाल्डाेकाे पानीमा डुबिरहेको अवस्थामा बालक आफन्तले फेला पारेपछि तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाकाे बारेमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ । आमसंचार बाट साभार