आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ ५ गते,शनिबार,इश्वी सन् २०१९ जनवरी १९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– त्रयोदशी, १५:३५ बजेउप्रान्त चतुर्दशी,नक्षत्र– मृगशिरा, ८:४२ बजेउप्रान्त आर्द्रा,योग– ऐन्द्र, १७:४१ बजेउप्रान्त व्यतीपात,करण– तैतिल, १५:३५ बजेदेखि गर, २६:३९ बजेउप्रान्त वणिज,आनन्दादिमा वज्र योग,चन्द्रराशि– मिथुन,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३२ बजे र दिनमान २६ घडी २७ पला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल माघ ६ गते। आइतबार,इश्वी सन् २०१९ जनवरी २० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,उत्तरायण,शिशिर ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– चतुर्दशी, १३:३९ बजेउप्रान्त पूर्णिमा,नक्षत्र– आर्द्रा, ७:३० बजेदेखि पुनर्वशु, ३०:०५ बजेउप्रान्त तिष्य। योग– व्यतीपात, १४:५१ बजेउप्रान्त विष्कम्भ,करण– वणिज, १३:३९ बजेदेखि भद्रा, २४:३६ बजेउप्रान्त वव,आनन्दादिमा ध्वांक्ष योग, चन्द्रराशि– मिथुन, २४:२७ बजेउप्रान्त कर्कट,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २६ घडी ३० पला। पूर्णिमा व्रत। सायन सूर्य कुम्भ राशिमा ११:३२ बजे प्रवेश। सर्वार्थसिद्धि योग ३०:०५ बजे प्रारम्भ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अरूको सुझावप्रति शंका उब्जने समय छ,महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,शत्रुहरू बढ्नाले केही समस्या थपिन सक्छन्,आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्,फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ,आजको शुभ अंक ११ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ, स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ,न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ,अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ, रोकिएका काम बन्नाले उत्साह थपिनेछ,भेटघाटले प्रसन्नता दिलाउनेछ,आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ,मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,विशेष उपहार प्राप्त हुनुका साथै प्रशस्त धनलाभ हुनेछ,सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ,आजको शुभ अंक २ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ,आजको शुभ अंक ७ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,स्थायी सम्पत्ति जोड्ने समय छ,परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सहयोगीहरूबाटै धोका दौडधुप,श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ,अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आतिथ्यपूर्ण सम्मान पाइएला,आजको शुभ अंक ९ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध विस्तार हुनेछ,विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,आजको शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्, जिम्मेवारी भने बढिरहनेछन्,सोचेको लाभ नमिल्न सक्छ,केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला, आफन्तसँग असमझदारी बढ्न सक्छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ, ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,विशेष योजना गोप्य राख्नुहोला, उत्साहमा अलि कमी आउला,तापनि प्रतिष्ठित काम गर्ने मौका छ,आजको शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,सुखद समाचार सुन्न पाइनेछ,स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ,पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,आजको शुभ अंक १० रहेको छ।



