फाइल तस्बिर
सर्लाही– ईश्वरपुर नगरपालिका–१२ स्थित फूलजौर जंगलमा रोकी राखेको बसलाई ट्रकले ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
काठमाडौंबाट इलाम जाँदै गरेको ना. ४ ख ९७५४ नम्बरको बसलाई शनिबार बिहान करिब २ बजे ना. ५ ख ७१२९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बिग्रेर रोकी राखेको रात्रीबसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको सर्लाहीका एसपी पोषराज पोखरेलले लोकान्तरलाई बताए । दुवै गाडी पूर्व जाँदै थिए ।
दुर्घटनामा परि बसका यात्रु नुवाकोट विदुर नपा–१३ का २७ वर्षीय दावा तामाङ, झापा अर्जुनधारा नपा–६ का ३५ वर्षीय राजेन्द्र खतिवडा र उदयपुर कटारी नपा–१ का २२ वर्षीय दिपक अधिकारी घाइते भएका छन् । घाइते मध्ये तामाङको बी एण्ड बी अस्पताल ललितपुर, खतिवडाको विर्तामोड अस्पताल र अधिकारीको लालबन्दीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यो खबर हामीले लोकान्तर बाट साभार गरेका हौ










