(यो राशिफल माघ ६ देखि १२ गतेसम्मकोे साप्ताहिक राशिफल)

मेषः साताको शुरुमा स्वास्थ्यमा समस्या आउनेछ । पारिवारिक तनाव बढ्नेछ । मध्यमा भने बौद्धिक कार्यमा रुचि एवम् अध्ययनमा सफलता पाइनेछ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार हुनेछ । खर्च बढे पनि आपसी वैमस्यता मित्रतामा बदलिनेछ ।

वृषः यात्रा हुनेछ । भ्रातृ वर्गबाट सहयोग पाइनेछ । साताको मध्यमा भने घरायसी समस्या बल्झिनेछ । पारिवारिक अनमेल हुनेछ । अन्त्यमा राम्रो धन प्राप्ति योग छ र सन्तानबाट सुख पाइनेछ ।

मिथुनः बोलीको प्रभाव पर्नेछ । इष्टमित्रबाट केही सहयोग पाइनेछ । धनको मात्रा बढे पनि यात्रामा खर्च हुनेछ । जिम्मेवारी थपिनुका साथै अन्त्यमा भने पारिवारिक तनाव बढ्ने र चिसोबाट समस्या हुनेछ ।

कर्कटः चञ्चलता बढ्नेछ । मनमा शंका बढ्नाले काममा ढिलासुस्ती हुनेछ । मध्यमा भने आकस्मिक धनलाभ एवम् वैवाहिक सुख पाइनेछ । साताको अन्त्यमा स्थान परिवर्तन एवम् विदेशबाट फाइदा मिल्नेछ ।

सिंहः अनावश्यक खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम् धनवृद्धि हुनेछ । सोचेको कुरा बन्ने तथा मानसम्मानमा वृद्धि हुनेछ । राजनीतिबाट राम्रै फाइदा मिल्नेछ ।

कन्याः आम्दानी राम्रो हुनेछ । जग्गाजमीनबाट फाइदा मिल्नेछ । रोजगारीमा अवसर पाइनेछ । मानसम्मान बढ्नुका साथै विदेशबाट फाइदा हुनेछ । ठूलाबडाले साथ दिनेछन् ।

तुलाः काममा प्रशंसा मिल्नेछ । पदोन्नतिको अवसर चल्नेछ । राजनीतिबाट फाइदा एवम् धार्मिक रुचि बढ्नेछ । भाग्यले साथ दिनेछ । साताको अन्त्यमा भने काममा अवरोध एवम् सम्मानमा आघात पुग्नेछ ।

वृश्चिकः वैदेशिक कारोबार बढ्नेछ । ठूलाबडाको आश्वासन मिल्नेछ । साताको मध्यमा भने काम बिग्रिने एवम स्वास्थ्य प्रतिकुल रहनेछ । अन्त्यमा पारिवारिक सुख एवम् यात्राको योग बन्नेछ ।

धनुः काममा अवरोध हुनेछ । मित्रबाट धोका हुनेछ । प्रेममा भने सफलता पाइनेछ । दाम्पत्य जीवनमा खुशियाली बढ्नेछ । अन्त्यमा भने खर्च बढे पनि अधूरा कार्य पूरा हुनेछ ।

मकरः साझेदारी कामबाट फाइदा मिल्नेछ । व्यावसायिक यात्राको अवसर पाइनेछ । विवाहको प्रसंग चल्नेछ । साथीभाइसँग वादविवाद हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा सफलता एवम् सन्तानबाट खुशी बढ्नेछ ।

कुम्भः प्रतिस्पर्धा बढी गर्नुपर्नेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । खर्च बढे पनि मुद्दा मामिलामा फाइदा मिल्नेछ । सन्तानको सुख, आकस्मिक धनलाभ हुनेछ । साताको अन्त्यमा भने मानसिक चिन्ता बढ्ने, पारिवारिक समस्याले काममा अवरोध आउनेछ ।

मीनः बुद्धिले सहि निर्णय लिनेछ । व्यवसायमा प्रगति देखिन्छ । अरुको साथ पाइनेछ । साताको मध्यमा स्त्री पक्षसँग मनमुटाव एवम् चिसोबाट समस्या बढ्नेछ । साताको अन्त्यमा यात्राको अवसर जिम्मेवारी वृद्धि एवम काममा तीव्रता रहनेछ ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah