३ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

घिमिरेले फरार रहेको अवस्थामा ज्यान मुद्दाका प्रतिवादीमार्फत् मृतकको साथबाट प्राप्त गरेको आइफोन खरिदमा संलग्न रुपेश श्रेष्ठको मुद्दा फितलो बनाई अदालतमा पेस गर्ने प्रयोजनका निम्ति प्रतिवादीका आफन्तसँग घुस मागेका थिए।

अख्तियारको टोलीले सुविधामार्गस्थित ताज बैंक्वेट अगाडिबाट उनलाई नियन्त्रणमा लिएको हो। आयोगले घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता कोइरालाले बताए ।