दमक/झापा कमलगाउपालिका ३ केर्खा चोकमा आज अपरान्ह दुर्घटना हुँदा दुइजना घाइते भएकाछन् ।

पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे २ प ३३०८ नम्बरको मोटरसाइकललाई बिपरीत दिसाबाट आउदै गरेको मे १ ह ५६६६ नम्बरको अटो रिक्साले ठक्कर दिदा दुर्घटना भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटना हुँदा मोसा चालक झापा दमक नगरपालिका ५ बस्ने बर्ष ३२ का कुबेर दङगाल र सोही मोटरसाइकल पछाडी सवार निजकै हजुर बुवा शिवसतासी नगरपालिका १ बस्ने बर्ष ७८ को बेदनिधि रिजाल घाईते भएको प्रहरीले जनाएको छ ।

दुबै जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको बताइन्छ।