काँग्रेस सभापति शेरबहादुर देउवाले डिआईजी नवराज सिलवाललाई निमित्त प्रहरी प्रमुख बन्नसमेत रोकेका छन् । सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिलवाललाई निमित्त नदिन दबाब दिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड वरिष्ठताका आधारमा सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी दिन चाहन्थे ।

तर, देउवाले सिलवाल कुनै हालतमा नहुने अडान लिएपछि मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले प्रहरी नियमावली संशोधन गर्दै प्राविधिक तर्फका अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको हो । देउवाले नै यसअघि सिलवाललाई प्रहरी प्रमुख हुनबाट रोकेका थिए ।

उनले पहिलो वरियताका सिलवाल र दोश्रो वरियताका प्रकाश अर्याललाई छाडेर तेश्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन प्रधानमन्त्री र गृहमन्त्री विमलेन्द्र निधिलाई दबाब दिएका थिए । चन्द महानिरीक्षक नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको धम्की उनले प्रधानमन्त्रीलाई दिएका थिए । देउवाकै दबाबमा सरकारले आइतबार वरिष्ठता मिचेर चन्दलाई महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।

तर, चन्दलाई आईजी नबनाउन माग गर्दै शुक्रबार परेको रिट निवेदनमाििथ सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबारै चन्दलाई महानिरीक्षक बनाउने मन्त्रिपरिषदको निर्णय कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । बालुवाटार उच्च स्रोतका अनुसार अदालतको अर्को आदेश नआउँदासम्मका लागि प्रधानमन्त्रीले सिलवाललाई निमित्त दिन चाहेका थिए ।

तर, सिलवालको एमाले अध्यक्ष केपी ओलीसँग ‘कनेक्सन’ रहेको भन्दै देउवाले उनको नामै सुन्न नचाहेको स्रोतले बतायो । सिलवालको साटो प्रकाश अर्याल वा बमबहादुर भण्डारीलाई निमित्त दिन सकिने विकल्प देउवाले सुझाएका थिए ।

‘सिलवाल केपी ओलीका मानिस हुन’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकार हामी चलाउने, ओलीका मान्छेलाई किन प्रहरी सुम्पने ?’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah