झापाको दमक १ मा आज एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दमक १ संगम चोक स्थित दुर्गा पञ्चायन मन्दिरको सभाहलमा जेष्ठ नागरिक सम्मान प्रतिस्ठान वडा नम्बर १ को आयोजनामा शिबिर सम्पन भएको हो ।

सो शिबिरको दमक नगरपालीकाका प्रमुख रोम नाथ ओलीले उद्याटन गर्नु भएको थियो । निम्स नेश्नल हस्पीटल, नमस्ते पब्लीक हस्पीटल ,जोब्रा डेन्टल हस्पीटल र हिमालय चस्मा घरको प्राबिधिक सहयोगमा स्वस्थ्य शिबिर सम्पन भएको हो ।

सो शिविरमा हाड जोर्नी तथा नशा रोग , जेनेरल फिजिसियन ,दन्त रोग र आँखा जाँच गराउनु का साथै निःशुलक औषधी बितरण गरिएको थियो। शिबिरमा ३५० जना नगरिकले स्वास्थ्य लाभ लिएको जेष्ठ नागरिक सम्मान प्रतिस्ठान वडा नम्बर १ का अध्यक्ष त्रिलोचन रेग्मीले बताउनु भयो । स्वास्थ्यको पहुँच बाट टाडा रहेका नागरिक हरूलाई स्थानीय स्तरमा नै स्वस्थय सेवा पुर्याउने उदेश्यले स्वास्थ्य शिबिर आयोजना गरेको आयोजक समितिका सदस्य राम बिष्टले जानकारी दिनुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड