हाम्रो समाजमा विवाहमा धेरै खर्च भएको पाइएको छ । विवाहमा इस्टमित्र, साथीभाई, आफन्तजनलाई पार्टी दिने लगायत घरको सम्पूर्ण परिवारका सदस्य र केहि आफन्जनलाई पनि सपिङ गराइदिने चलन चल्दै आएको छ ।विवाहको मौसम सुरु भएसगैं बजारमा विवाहको लागी विभिन्न आर्कषक कपडाहरु देखिन्छन्, त्यस्तै यो समयमा बजारको चहलपहल पनि ह्वात्तै बढेको हुन्छ । दशैतिहारमा जस्तै विवाहको मौसममा पनि पछिल्लो समय कम्पनीहरुले अफर र छुट दिन थालेका छन् ।

सबैको चाहना कम खर्चमा धेरै सामान जुटाउँनु भन्ने हुन्छ तर पनि बजार अधिकाशकले इस्मेट गरेको भन्दा बढि पैसा सकाउने र चित्त पनि नबुझाउने गरेका छन् । यदि तपाई कम खर्चमा सामान खरिद गरी चित्त बुझाउन चाहनुहुन्छ भने यस्तो आइडिया लगाउँनुहोस् ।

१. बजेट
यदि तपाई विवाहको तयारी गर्नको लागी आट्दै हुनुहुन्छ भने सबैभन्दा पहिले बजेट तयार गर्नु अति आवश्यक कुरा हो, विवाहको बेलामा बजेटलाई वास्ता गरेपनि कुन सामान कति किन्न गर्नुपर्छ बजारको अवस्था कस्तो छ भन्ने बारेमा भने सोचेका हुदैनन्, त्यसकारणले गर्दा यस्तो कुरामा बिचार गर्नुहोस् ।

२. लिस्ट
कुन सामानको आवश्यकता बढी हुन्छ, त्यस्ता सामानको लिस्ट तयार गरेर बजेट छुट्याउनुहोस् । लिस्टमा नभएपनि जोसमा आएका आफूलाई जे राम्रो लाग्यो त्यो सामान किनिहाल्ने बानी धेरैको हुन्छ, त्यसैले पहिले लिस्टमा भएको सामान तर्फ मात्र ध्यान दिने र किन्ने गर्दुपर्दछ । लिस्ट बनाइएको सामानको खरिद गर्न निकै सजिलो पनि हुन्छ ।

३. बजारको अवस्था

धेरै व्यापारीले सुरुमा अत्याधिक मुल्य भन्ने र त्यसैमा डिस्काउन्ट दिएको झै गरेर ग्राहकलाई झुक्याएका हुन्छन्, त्यसैले यस बारेमा निकै सजक हुनुपर्दछ । नेपालमा पनि अनलाइन सपिङ खुलेका छन् र सपिङ् गर्ने चलन पनि बढेको छ, व्यपारीहरुको ठगीबाट बच्नको लागी तपाइले विश्वासिलो अनलाइन सपिङ महललाई रोज्न सक्नुहुन्छ, यसबाट पैसाको साथमा समयको पनि बचत हुन्छ । विवाह, व्रतबन्ध लगायतमा पैसा जम्मा गर्ने चलन एक पुरानो चलन हो, यदि तपाईको विवाह हुदैछ भने आफ्नो बिहेको लागी केहि खर्च जोगाइमा खर्च गर्न सजिलो हुन्छ ।

४. योजना
योजना बनाउने बानी गरेमा खर्च र समयको निकै बचत हुन्छ । यदि तपाइको परिवारमा कुनै सदस्यको विवाह हुन लागेको छ भने परिवारको सदस्यको योजनाबारेमा सोधेर सपिङ गर्ने योजनाबारेमा कुरा गर्नुपर्दछ । धेरै सामान एकैठाउँमा किन्दा डिस्काउन्ट पनि पाइन्छ । विवाहमा धेरैले हतार गर्ने गरेका हुन्छन्, यदि विवाह हतारमा हुदैछ भने कुन काम कसले गर्ने भन्ने योजना बनाएर चल्दा समय र पैसाको बचत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah