हिउँदे वर्षासँगै उपत्यकाले डाँडापाखामा हिउँको सेतै च्यादर ओढेको छ । मंगलबार बेलुकादेखि परेको अविरल वर्षासँगै उपत्यकाका चन्द्रागिरी, फुल्चोकीसहितका डाँडापाखा सेतै देखिएका छन् । काठमाडौँ उपत्यका आसपासका क्षेत्र चन्द्रागिरि, फुलचोकी, शिवपुरीलगायतका स्थानमा गएरातिदेखि नै हिमपात भएको हो। हिमपातका कारण चिसो बढेको छ।

बुधबार दिउँसो पनि मौसममा सुधार हुने छैन। देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ। त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने छ भने देशको हिमाली भेगमा हिमपात हुनेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिमपातका कारण पश्चिमी नेपालका पहाडी क्षेत्रमा जनजीवन कष्टकर बनेको छ ।

आज राति र भोलि पनि मौसम बदली हुने महाशाखाले जनाएको छ।

मकवानपुरको दामनमा पनि बाक्लो हिउँ परेको छ ।

फोटो फिचर