डोटी – बोगटान गाउँपालिका ७ का वडासदस्य सुरजबहादुर कुडमालको घरमा मंगलबार राति आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी तथा प्रवक्ता लालबहादुर धामीले दिनु भएको जानकारी अनुसार आगलागीबाट करिब ८ लाख ५५ हजारको क्षती भएको छ ।
बेलुकी घरमा पूजा गरी बालेको धुपबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण उहाँको एकतले सिलेटले छाएको घर र भित्र भएको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । उज्यालो अनलाइन बाट











