राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक चयनमा चलखेल भएको भन्दै कार्यालयमा धर्ना

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् । समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।

प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । १३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् ।

बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ ।

सुकुम्बासी बस्ती हटाउन माग गर्दै आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन माग गर्दै आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले प्रदर्शन गरेको हो ।

सो क्रममा प्रदर्शनकारीहरुले ‘सही सुकुम्बासीको व्यवस्थापन गरौँ, नक्कली सुकुम्बासीलाई हटाउन ऐक्यबद्धता जनाऔँ’ भन्दै महानगरका मेयर बालेन्द्र साहलाई ज्ञापन पत्र पनि बुझाएका छन् । राजधानीको मुटुमा रहेको थापाथलीस्थित वाग्मती खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी सुकुम्बासीका नाममा आफूखुशी बसोबास गर्दा खोलाको प्रदुषण बढेको, राजधानीको सौन्दर्यमा प्रतिकूल असर पारेको भन्दै त्यहाँ निर्मित टहरा हटाउन समितिले महानगरसंग माग गरेको छ ।

साथै,दिउँसै खुलारुपमा घरेलु हातहतियारको प्रदर्शनीका कारण राजधानी भयावह, अशान्ति तथा सन्त्रासमय वातावरणका कारण स्थानीय जनतामा गहिरो मानसिक दबाब उत्पन्न भएकोप्रति पनि महानगरको ध्यानाकर्षण गराइएको छ ।

‘राजधानीमा अमनचयन खल्बलिएकाले सो कार्यलाई व्यवस्थित र मर्यादित बनाउन काठमाडौँ महानगरपालिकाका प्रमुख/उपप्रमुख एवं नगर प्रहरीलगायत महानगरका समग्र कर्मचारीलाई जतिसुकै कष्ट, यातना झेल्नु परेपनि आफ्नो कर्तव्य र दायित्वबाट पछि नहटी कथित सुकुम्बासीले राजधानीको सौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण कायम गर्ने यहाँहरुको महान कार्यमा हरपल साथ,सहयोग, समर्थन एवम् एक्यवद्धता जाहेर गर्न काठमाडौँ, ललितपुर, भक्तपुरलगायत देशैभरका सचेत तथा बुद्धिजीवी जनताको तर्फबाट यो ज्ञापन पत्र बुझाउन हामी उपस्थित भएका छौँ’, पत्रमा भनिएको छ ।

फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ

सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न भनेको छ ।

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ । ‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,’ महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ,’फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ. नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैं व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ । फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम

सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न भनेको छ ।

सफा नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैलाले सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको महानगरपालिकाको ठहर छ । ‘फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य हो,’ महानगरपालिकाले सूचना जारी गर्दै भनेको छ,’फोहोर मैला व्यवस्थापन ऐन २०६८ तथा ऐ. नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैं व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला ।’

३५ दिनभित्र फोहोर व्यवस्थापन नगरेमा दण्ड जरिवाना गरिने समेत चेतावनी महानगरपालिकाले दिएको छ । फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प करछली मुद्दामा दोषी ठहर भएका छन्।

ट्रम्पका दुई कम्पनीहरु ट्रम्प कर्पोरेशन र ट्रम्प पेरोल कर्पोरेशनले कल छली गरेको पाइको हो।

ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरुले एक दशमवल ६१ मिलयन डलर जरिबाना तिर्नुपर्र्ने भएको छ।

ट्रम्पका वकिलहरुले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।

भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्दै

भेरी नदीको किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर बन्ने भएको छ । पूर्वी सुर्खेतका गुर्भाकोट, लेसबेसी र भेरीगंगा नगरपालिकामा आधुनिक सहरको काम अघि सारिएको छ । आर्थिक वर्ष २०७३/७४ बाट सुरु गर्ने भनिएको उक्त आयोजना विभिन्न कारणले अघि बढ्न सकेको थिएन ।

आधुनिक सहरअन्तर्गत यो वर्ष पहिलो चरणमा गुर्भाकोटको मेहेलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटेचारमा वसपार्कलगातयका संरचना निर्माण हुनेछन् । आयोजना कार्यालयका इन्जिनियर रामकृष्ण आचार्यले तीन महिनाभित्र डीपीआरको काम पूरा गरी योजना अघि बढाइने बताए । जसका लागि चालु आर्थिक वर्षमा १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उक्त बजेटमा सडक र पार्कलगायत संरचना पनि निर्माण हुने आयोजनाले जनाएको छ ।

यस वर्षको बजेटबाट घोरेटारदेखि घाटगाउँसम्मको १ सय १५ किलोमिटरमा तीन नगरपालिकालाई समावेश गरी आधुनिक सहर निर्माण गरिने इन्जिनियर आचार्यले बताए । उनका अनुसार सबै आयोजना सम्पन्न गर्न करिब २२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ‘आयोजनाका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ,’ उनले भने, ‘तीन पालिकाको काम विभिन्न चरणमा गरिने छ, सबै आयोजना भूकम्प प्रतिरोधात्मक हुनेछन् ।’

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्काले २०७४ सालमा आयोजना सञ्चालन गर्ने योजना बनाएको भए पनि बल्ल काम अघि बढ्न लागेको बताए । ‘यसलाई नेपालकै नमुना सहर बनाउने उद्देश्य छ,’ उनले भने, ‘यो आयोजनाले कर्णालीको पर्यटन व्यवसायमा पनि हब बनाउने उदेश्य हो ।’ उनका अनुसार स्मार्ट सिटी निर्माणका लागि कृषि, पर्यटन र व्यापारको विस्तारले कर्णालीको आर्थिक समृद्धिको विकास आशा छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको संघीय आयोजनाको कार्यालयले भेरीगंगा नगरपालिकामा नमुना सहरको कार्यालय स्थापना गरिसकको छ ।

भेरीको किनामा बन्ने आधुनिक सहर बनेसँगै बस्ती विकास सडक, हाटबजार, जंगल क्षेत्र, सिटी हल बसपार्क र पार्कहरूको प्रतिवेदन तयारी भइरहेको छ । भेरीगंगा नगरपालिका नगर प्रमुख यज्ञप्रसाद ढकालले ५ वर्षअघि बन्नुपर्ने आयोजना बल्ल सुरु हुँदा सरकार नै गैरजिम्मेवार भएको बताए ।

यो आयोजना छिटो बनेको भए पूर्वी सुर्खेतको भविष्य उज्यालो हुने थियो । उनले सिटीअन्तर्गन पर्ने छिन्चु जाजारकोट सडक खण्डको छिन्चुदेखि सिमघाटसम्म फोरलेन सडक निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए । १ अर्ब १३ करोड ५० लाख रुपैयाँमा निर्माण भइरहेको फोरलेन सडकका भित्री सडक पनि कालोपत्रे हुँदै गरेको छ ।

श्रीमानद्वारा श्रीमतीको वीभत्स हत्या

र्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको वीभत्स हत्या गरेका छन् ।

हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिडिरहेको स्थानियले बताएका छन् । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

३० वर्षीया मिना आलेमगरलाई आलेले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा

अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा झरेको छ।

यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो। कच्चा तेलको मूल्य ३.५ प्रतिशतले घटेर प्रतिब्यारल ७४.२५ डलरमा कारोबार भएको छ। गत २०२१ डिसेम्बर २३ यताकै न्यून हो।

कच्चा तेलको मूल्य अहिले रुस–युक्रेन युद्ध सुरु हुनुअघिको स्तरमा पुगेको छ। तेलको मूल्य अहिले उच्चस्तरबाट करिब ४३ प्रतिशतले तल झरेको छ।

युक्रेन युद्ध सुरु भएपछि एकपटक तेलको मूल्य १३९ प्रतिब्यारेल पुगेको थियो। जुन २००८ पछिको उच्चतम स्तर थियो।

ब्रेन्ट क्रुट बेन्चमार्क पनि ४ प्रतिशतले घटेर प्रतिब्यारल ७९.५० डलरमा झरेको छ।

दबाबपछि महाकालीको सिमा विवादमा छलफलका लागि भारत तयार

दार्चुला घटनामा चौतर्फी दबाबपछि भारतीय पक्ष वार्तामा बस्न तयार भएको छ। बुधबार नेपाली प्रशासन र भारतीय प्रशसनबीच नेपाल–भारत समन्वय समितिको बैठक बस्ने भएको छ।

भारत पिथौरागढस्थित जिल्ला अधिकारी कार्यालयका जिल्ला अधिकारी रीना जोशीले नेपाली प्रशसनसँग छलफल गर्ने भएकाले ‘आवश्यक सूचना’ सहित बैठकमा सहभागी हुन आफू मातहतका कार्यालयलाई पत्राचार गरिएको छ।

धार्चुलास्थित विश्राम गृह लोक निर्माण विभागमा नेपाली र भारतका स्थानीय प्रशासनसँग छलफल हुने छ। मंगलबार भारतीय अधिकारीले महाकाली नदीमा भइरहेको तटबन्ध निर्माणको कामको निरीक्षण गरेका थिए।

आइतबार महाकाली नदीको बहाव परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुलाका स्थानीय विरोधमा उत्रिएका थिए। उनीहरुमाथि भारतीय नागरिकले ढुंगामुढा गरेका थिए।

त्यस क्रममा चार जना नेपाली नागरिक घाइते भएका थिए। त्यसपछि नेपालीहरुले पनि भारततर्फ ढुंगा हानेका थिए।

भारतीय ज्यादतीका विरुद्ध नेपालीहरु दार्चुला र धार्चुला जोड्ने पुलसमेत आइतबार बन्द गरेका थिए। त्यसको अर्को दिन भारतीय पक्षले दुई घण्टा पुल बन्द गराएका थिए।

सो घटनापछि भारतीय पक्षले नेपालीलाई भारत प्रवेश गर्दा चेकजाँचमा कडाइ गरेको छ। विगतमा नेपाली प्रशासनसँग समन्वय नगरेरै एकलौटी तटबन्ध निर्माण गर्दा त्यसपछि नेपाली प्रशासनले गरेको पत्राचारको कुनै जवाफ नै आएको थिएन।

जनगणनाका लागि छाङरु जान मागेकोे बाटो प्रयोग अनुमति पनि भारतले दिएको थिएन। भारतीय ज्यादतीविरुद्ध स्थानीयको आक्रोश लगायतको दबाबमा भारत परेको छ।

सरकारले पनि कूटनीतिक नोट पठाएको थियो। त्यसपछि बुधबार नेपाली प्रशासन र भारतको स्थानीय प्रशासन छलफलमा बस्न लागेका हुन्।

हँसिया प्रहार गरेर कैलालीमा एक जनाको हत्या

कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।

जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

मृतकका भिनाजु नाता पर्ने सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले उनीहरुमाथि हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ ।