https://www.youtube.com/watch?v=-hz2pZJSimk
बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक नगरपालिकाको मुख्य चौकमा साँझ परेपछि सडकमा डिस्को बत्ति बल्छ । दमक चोक झिलिमिलि र उज्यालो बनाउनका लागि लगाइएको सोलार डिस्को लाइटको रुपमा बलेको महिनौ बित्यो तर यसलाइ मर्मत गर्ने तर्फ नगरपालिकाको ध्यान नजाँदा स्थानीयहरु छक्क परेकाछन् र आश्चर्य पनि मानिरहेकाछन् ।
दमकको मुख्य गणतन्त्र चौक, त्यहाँ माथि पूर्वपश्चिम राजमार्ग कोहि नयाँ पाहुना राती तथा साँझमा आयो भने पहिलो परिचय र स्वागत नै डिस्को बत्तिबाट हुदा पनि यस बिषयमा सरोकारवालाहरुको ध्यान नजानु गम्भिर बिषय हो । बारम्बार यस बिषयमा गुनासो आउदा र दमकको प्रतिष्ठामा नै आँच आउने गरिको हर्कत भइरहदा किन नगरपालिकाले चासो दिदैन ? चासो बिषय बनेको छ । शनिबार बेलुका ८ बजेतिर डिस्को बत्ति भिडियो खिचिरहदा एक स्थानीयले भने—‘होइन सर यो डिस्को बत्ति नगरपालिकाले देख्नदैन ?’
हेल्चेक्राइको पनि एउटा हद हुन्छ । लापरवाहीको पनि एउटा सिमा हुन्छ । मूख्य चौकमा झिलिक र मिलिक डिस्को बत्तिले दूर्घटना हुन सक्छ, मान्छेको ज्यान जान सक्छ । यसको जिम्मेवारी कस्ले लिन्छ ? स्थानीय सरकारको रुपमा रहेको दमक नगरपालिकाले ठेकेदारलाइ बोलाएर तथा यो काम गर्नेलाइ बोलाएर किन काम गराउन सक्दैन ? किन यसको मर्मत गराउन सक्दैन ?
सरकारी काम र सरकारी बजेटको दूरुपयोगको एउटा नमूना भनेर आलोचना भइरहेको छ । तर महिनौ बित्दा पनि यस बिषयमा बेवास्था हुन गैह् जिम्मेवारको पराकाष्ठा हो । यो नबिनु र बनाउन नखोजिनु भित्र थुप्रै रहस्यहरु हुन सक्छन् । यि रहस्यको बिषयमा छानबिन हुनुपर्छ । मर्मतमा चासो नदिने, देखेर नदेखेको झै गर्ने र यस्तो काम गर्नेलाइ कार्वाही हुनुपर्छ भनिरहेकाछन् नगरबासी । कार्वाही होला । हेलो सरकार !



