उर्लाबारी/ सुदर्शन बचत तथा ऋण सहकारी संस्था लि. उर्लाबारीले आगलागीबाट सर्वस्व गुमाएका मोरङ मधुमल्लाका एकजना व्यवसायीलाई आर्थिक सहयोग गरेको छ ।

मिक्लाजुङ गाउँपालिका – ९ मधुमल्ला बस्ने रन्जित साहलाई सुदर्शन सहकारीका तर्फबाट कार्यकारी प्रमुख थरेन्द्रराज पौडेल, लेखा सदस्य सचिनकुमार गुप्ता रौनियार र आर्थिक प्रशासन प्रमुख नरेन सेर्माले नगद बीस हजार प्रदान गरेका छन् । संस्थाका शेयर सदस्यसमेत रहेका साहलाई कल्याणकारी राहत योजना अन्तर्गत नगद उपलब्ध गराइएको सहकारीका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत भदौ ३१ गते साहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई आगलागी हुँदा घर, मर्मतका लागि राखिएका मोटरसाइकल, पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका थिए । आगलागीबाट करिब ५० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको जनाइएको छ ।