विराटनगर मुख्य कार्यालय भइ विभिन्न जिल्लामा शाखा कार्यालय खोलेर वित्तीय कारोवार गर्दै आएको तुलसी बहुमुखी सहकारीले अर्को सुचना नआउन्जेल सम्मको लागि भनेर सबै वित्तीय कारोबार बन्द गरेको सुचना प्रधान कार्यालय बिराटनगरको मुल प्रवेश द्वारमा टाँसेर सटर बन्द गरेपछी उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ तर संस्थाका अध्यक्ष भने फरार नै छन। सञ्चालक भाग्नबाट रोक्ने उद्देश्यले दुई जनालाई पक्राउ गरेर पैसा फिर्ता दिनका लागि मौका दिइएको मोरङ प्रहरीले जनाएको हो।

संस्थाले गौरादह छेउमा आफ्नै चामल भुजा लगायत उत्पादन उद्योग खोलेर बिक्रीवितरण समेत गर्दै आएको थियो भने गार्डेन मार्ट नामक मार्केट समेत संचालन गर्दै आएको थियो। उत्पादनमुलक भन्दा जग्गा जमिन तथा भौतिक संरचनामा लगानी बढाएको कारण सहकारीको यो अवस्था आएको जानिफकारहरु बताउछन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बजारमा संस्था वितिय रुपमा टाँट पल्टिन लागेको भन्ने हल्ला चलेपछि बचतकर्ता हरुले आफ्नो बचत माग गर्न थालेका थिए भने संस्थाले सूचना जारि गर्दै अहिले सिंगो देश नै तरलताको अवस्थामा गुज्रिरहेको हुनाले सामान्य सहकारीमा समस्या आउनु स्वाभाविक भएको तर तुलसी सहकारी त्यस्तो कमजोर अवस्थामा पनि नरहेको र आफ्ना सदस्यहरुको विश्वास टुट्न नदिने भनि सुचना जारि गरेको थियो।

हेर्नुहोस तस्विर :