राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको समन्वयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई मूल्य लागत अध्ययन प्रतिवेदन तयार गरेर दुध उत्पादनको लागत बढेको भन्दै मुल्यमा १० रुपैयाँ प्रति लिटर थप गर्न प्रस्ताव गरेका छन् ।

अहिले सरकारले दूध तथा दुग्धजन्य पदार्थ आयातमा प्रतिवन्ध लगाएको छ तर उद्योगीहरूले दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातको अनुमति खोल्न समेत माग गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल भन्छन 'दूधको मूल्य बढाउने प्रस्ताव आज बस्ने मन्त्री परिषद्को बैठकमा लैजाने मन्त्रालयबाट जानकारी प्राप्त भएको छ।'