लन्डन: बेलातका प्रधानमन्त्री बोरिस जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका छन्। उनले कोरोना भाइरसको नयाँ भेरियन्छ ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिएको भन्दै आपतकाल घोषणा गरेका हुन्।

'ओमिक्रोनको लहर तीव्ररुपमा आइरहेको भन्ने कुरामा कसैलाई शंका हुनु भएन,' उनले टेलिभिजनमा आफ्नो अभिव्यक्ति दिँदै भने। त्यसैले उनले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्। उनले यही महिनाको अन्त्यसम्म वृद्धवृद्धाहरुलाई बुस्टर डोज लगाइसक्ने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बेलायतका स्वास्थ्य सचिव साजिद जाविदका अनुसार बेलायतमा दस जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। उनीहरु अस्पतालमा उपचाररत छन्।