खोटाङ, । चार महिनादेखि कतारमा अलपत्र पर्नुभएकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका ३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।

कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उहाँलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताउनुभयो ।

पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिनुभएको थियो ।

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा पर्नुभएको थियो । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उहाँले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग माग्नुभएको थियो ।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुग्नुभएकी मनराखी खाली हात नेपाल फर्कनुभएको छ । ऋण काँढेर कतार पुग्नुभएकी उहाँ उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ । हाम्रो कलम बाट सभार

खोटाङ, । चार महिनादेखि कतारमा अलपत्र पर्नुभएकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ ।

कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका ३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा स्वदेश फर्काइएको हो ।

कम्पनीले निरन्तर काम लगाए पनि कम्पनी मालिकले चार महिनादेखि तलब नदिएपछि उहाँलाई कतारदेखि नेपालसम्मको एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश फकाईएको समाजका द्धितीय उपाध्यक्ष रुद्र शर्मा आचार्यले बताउनुभयो ।

पाउनुपर्ने बाँकी तलब उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कम्पनी मालिकले वास्ता नगरेपछि मनराखीले श्रम अदालतमा उजुरी दिनुभएको थियो ।

अदालतमा उजुरी परेपछि कम्पनी मालिक सम्पर्कविहीन बनेपछि मन राखी विचल्लीमा पर्नुभएको थियो । कम्पनीबाट लामो समयसम्म तलब नपाउँदा समस्यामा परेपछि उहाँले सहयोगका लागि खोटाङ सेवा समाजसमक्ष सहयोग माग्नुभएको थियो ।

पैसा कमाउने सपना बोकेर २७ महिना अघि कतार पुग्नुभएकी मनराखी खाली हात नेपाल फर्कनुभएको छ । ऋण काँढेर कतार पुग्नुभएकी उहाँ उल्टै अलपत्र बनेपछि परिवारको सपना भताभुंग भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय