आईसीसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३८१ रनको विजयी लक्ष्य दिएको छ ।

यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३८०रन बनाएको हो ।

घरेलु टोली जिम्बावेका लागि सिकन्दर राजाले १२३ रन बनाए । त्यस्तै ब्रेन्डन टेलरले १०० रन बनाए । केमास झुवाले २३ बलमा ४१ रन बनाए भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।

नेपालका लागि वसन्त रेग्मी तथा साेमपाल कामीले २-२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।

https://youtu.be/gC50o6G8Lew

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय