काठमाडौं, माघ १५ । साताको तेस्रो दिन मंगलबार फेरि नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।
सोमबार बजारमा सुन तोलामा ६१ हजार ४ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज फेरि बढेर सुन तोलामा ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, सोमबार तेजावी सुन तोलामा ६१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि बढेर ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार बजारमा चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
सोमबार चाँदी तोलामा ७७० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।



