नयाँ दिल्ली– भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परि ६ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन्।

सो घटनामा परि अन्य ४ जना गम्भीर घाइते भएका छन्। त्यसैगरी ७ जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन्।

दुर्घटनामा परेका पीडितहरूलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रम घोषणा गरेको बताइएको छ।

दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने घोषणासमेत गरेको समाचारमा जनाइएको छ।

भारतीय रेल सेवाका प्रवक्ता स्मिता शर्माले घाइतेहरू सबैलाई उपचार खर्च रेल सञ्चालक संस्थाले नै बेहोर्ने बताएका छन्।

बिहारको बैशाली जिल्लामा सो दुर्घटना भएको हो। रेलले पटरी छोडेर बाहिर निस्किएपछि सो दुर्घटना भएको बताइएको छ।

दुर्घटनाका बेला अधिकांश यात्रु निदाएका अधिकारीले जनाएका छन्। उक्त रेल आइतबार बिहान ९ बजे दिल्लीस्थित आनन्द बिहार रेलवे स्टेशनमा पुग्ने तालिका रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah