मलेशिया, माघ २१ । भरतपुर चितवनमा आउदो २ बर्ष भित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य सहित सुरु गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ मलेशियामा धुर्मुस सुन्तली सांझ २०७५ आयोजना गरिएको छ।

ठुलो लगानीमा निर्माण गर्न लागिएको रंगशाला लाई पूरा गर्न केहि आर्थिक स्रोत जुटाउन र मलेशियामा रहेका नेपाली लाई मनोरंजन दिलाउन धुर्मुस सुन्तली सहितको एक कलाकार टोलि आइतबार मलेशिया पुगेका छन्।

सिटि एक्स्प्रेस मनि ट्रान्सफरको आयोजनामा मलेशियाका तीन ठुला शहरमा हुन लागेको कार्यक्रममा चर्चित लोक गायक बद्री पंगेनि,चर्चित आधुनिक गायिका मेलिना राइ,लोक गायिका संझना भण्डारी,र कार्यक्रम संचालिका याङ्जोम शेर्पाको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन।

कार्यक्रम फेब्रुअरी ५ तारीख मंग्लवार मलेशियाको राजधानी क्वालालम्पुरमा ६ तारीख पेनाङ राज्यमा र आउदो १० फेब्रुअरिमा जोहोरबारु राज्यमा हुनेछ ।कार्यक्रममा सहभागी हुन प्रवेश शुल्क ३० रिंगट निर्धारण गरिएको छ भने कार्यक्रमलाई मगर संघ मलेशियाले विशेष सहयोग गर्ने संघका पेनाङ क्षेत्रीय कमिटी उपाध्यक्ष श्रवन लुङ्गेली मगरले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah