भारतको प्रशासित क्षेत्र कश्मिरको अवंतीपूरामा प्रहरी चढेको गाडीलाई लक्षित गरी बम विस्फोट भएको छ । विस्फोटमा परी १८ जना भारतीय प्रहरीको मृत्यु भएको छ ।
घटनाको जिम्मेवारी जैस ए मोहोम्मदले लिएको छ । लस्करमा गुडेका ७० सवारी मध्ये भारतीय सेना रहेको सवारीमाथि नै आक्रमण गरिएको थियो । घटनामा सर्वसाधारण समेत घाइते भएका छन् । घाइतेको थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ



