किटो– इक्वेडरमा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विज्ञान विभागले जनाएको छ । भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै जानकारी आइनसकेको इक्वेडरका सरकारी अधिकारीले बताएका छन् ।

भूकम्पको केन्द्रविन्दु पेरूको सीमा क्षेत्रमा रहेको मोन्टाल्भो शहरबाट करिब १७ किलोमिटर टाढा अमेजन क्षेत्रमा १३२ किलोमिटर गहिराईमा रहेको विभागले जनाएको छ ।

दक्षिण अमेरिकामा अधिकांश ठूला भूकम्पहरू ७० किलोमिटर वा त्योभन्दा कम गहिराइमा जाने गरेको
विभागले जनाएको छ । विभागका अनुसार शुक्रबारको भूकम्पपछि दुई पराकम्प पनि गएका र एउटा ६.० म्याग्निच्युडको रहेको इक्वेडरको भगर्व विज्ञान अध्ययन संस्थाले जनाएको छ ।

‘अहिलेसम्म भूकम्पका कारण कसैको ज्यान गुमेको वा ठूलो भौतिक क्षति भएका खबर छैनन् तर कतिपय घरका झ्यालहरू फुटेका छन्,’ माकास शहरका प्रमुख तार्किसियो ओजेदाले बताए ।

भूकम्पपछि सरकारले सबै आपतकालिन उद्धार समूहहरूलाई उद्धारका लागि सक्रिय बनाइएको उनले बताए । भूकम्पपछि कारण सुनामी आउने सम्भावनाबारे केही बताइएको छैन ।

सन् २०१६ मा इक्वेडरको पश्चिमी प्रान्तहरू मानावी र इस्मेराल्डासमा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ६७३ जनाको मृत्यु भएको थियो भने तीन अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो । –एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah