एजेन्सी– जापानका ओलम्पिक मन्त्री योसिताका साकुरादाले संसदीय बैठकमा तीन मिनेट ढिला पुगेकामा सार्वजनिक रुपमा माफी मागेका छन् । विपक्षी दलका नेताहरुले चाहिँ उनको अल्छीपनाले उनको कार्यालयको शोभा गुमेको आरोप लगाउँदै पाँच घन्टा लामो विरोध प्रदर्शन गरे । उनीहरुले साकुरादाको यसअघि पनि बारम्बार विरोध गर्दै आएका छन् ।

गत साता, ओलम्पिकमा पौडीमा स्वर्ण जित्ने आश गरिएका रिकाकोलाई रक्तअल्पता भएको पत्ता लागेपछि आफू निराश भएको उनले बताएका थिए । ‘उनले स्वर्ण जित्ने सम्भावना थियो,’ उनले भनेका थिए, ‘म अत्यन्त दुखी छु ।’ उनको यो अभिव्यक्ति पछि व्यापक आलोचना भएको थियो । लगत्तै उनले माफी मागेका थिए ।

विपक्षीले बारम्बार उनको राजीनामाको माग गर्दै आएका छन् ।

साकुरादालाई गत वर्ष अक्टोबरमा मन्त्रीमा नियुक्त गरिएको थियो । उनको जिम्मेवारी सन् २०२० मा टोकियोमा हुने ओलम्पिक खेल र त्यसको साइबर सुरक्षा हेर्ने हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah