काठमाण्डाै – भारतकाे बेंग्लोरमा आयोजित एरो इण्डिया २०१९ का क्रममा एउटा अर्को दुर्घटना घटेको छ । जसमा लगभग १०० गाडी जलेर खरानी भएका छन् । शनिबार आयोजना स्थल नजिकै पार्किङमा भिषण आगलागी हुँदा त्यसमा जलेर सयौं गाडी खरानी भएको भारतीय समाचार एजेन्सीले बताएको छ ।
यो भन्दा पहिले पनि एरो इण्डिया शोका क्रममा सूर्यकाे किरणका कारण ठूलो दुर्घटना घटेको थियो । कर्नाटक अग्नि नियन्त्रण विभागले बताए अनुसार समयमै दमकल घटनास्थलमा पुगेको थियो ।



