एजेन्सी, १४ फागुन । भारत–पाकिस्तानबीच तनावको स्थिति सुरु भएको छ । यसले युद्धको संकेत देखाएको छ । भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान पौन ४ बजे पाकिस्तान भूमिमा एक हजार किलोग्रामको बम खसालेपछि स्थिति युद्धतर्फ मोडिने हो कि भन्ने चिन्ता सुरु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका पाकिस्तानको अधिनमा रहेको कस्मिरको ‘लाइन अफ कन्ट्रोल’ भन्दा पर भारतीय एयरफोर्सले आतंकवादी स्थानमा बम खसालेका हुन् । भारतले खसालेको बम पड्किदा त्यहाँ रहेको आतंककारी समूह जैश–ए–मोहम्मदको अखडा ध्वस्त भएको दाबी गरिएको छ । भारतीय विदेश मन्त्रालयले यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरेको छैन ।

भारतीय कंग्रेस आईका अध्यक्ष राहुल गान्धीले ट्विटमार्फत एयर फोर्सलाई बधाई दिएका छन् ।
पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको बताएका छन् ।
गत फेब्रुअरी १४ मा भारतको पुलवामामा भएको आत्मघाती हमला ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। त्यसपछि भारत र पाकिस्तानको सम्बन्ध तिक्तता आएको छ ।



