भारतीय वायुसेनाले पाकिस्तानका विभिन्न ठेगानामा मंगलवार बिहान आक्रमण गरेर बम खसाएको दाबी गरेपछि दुई देशबीचको तीतो सम्बन्ध चर्केर युद्धको स्थितिमा पुगेको छ ।

इस्लामाबादले भारतको यस आक्रमणको जवाफी कारवाही नगरी बस्न सक्दैन । यस्तो अवस्थामा भारत र पाकिस्तान दुवैसँग भएको आणविक हतियारको भण्डार चिन्ताको विषय बनेको छ । सशस्त्र संघर्षको स्थितिमा दुवै पक्षले आणविक आक्रमण गर्नसक्ने सम्भावना रहन्छ र यसको परिणाम दुई देशका लागि मात्र नभई दक्षिण एसियाका लागि नै निकै घातक हुन्छ ।

हुन त दुई देशसँग रहेको आणविक हतियारको संख्या स्पष्ट छैन । सन् २०१७ को सिप्री वर्षपुस्तक अनुसार, भारतसँग १२० देखि १३० वटा आणविक वारहेड हतियार छन् र त्यो संख्या क्रमशः बढिरहेको छ । सन् २०१७ सम्म पाकिस्तानसँग १४० वटा आणविक वारहेड हतियार छन् र विज्ञहरूले अनुमान गरेअनुसार इस्लामाबादले सबै किसिमका आणविक हतियार उत्पादनलाई तीव्र गतिमा बढाइरहेको छ ।

दुवै देशसँग आणविक हतियारबाट बम हान्ने विविध किसिमका प्रणाली विद्यमान छन् जसमा रणनीतिक विमान र जमीनबाट प्रहार गर्न मिल्ने मध्यम दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र र ब्यालिस्टिक क्षेप्यास्त्रसहितका पनडुब्बीहरू पर्छन् ।

पुलवामामा भएको आतंकवादी आक्रमणपछि विकसित घटनाक्रमले जन्माउने सम्भाव्य दृश्य यसप्रकार हुनेछन् । पाकिस्तानी वायुसेनाले भारतीय भूभागमा रहेका सैन्य ठेगानामा भारतले मंगलवार प्रयोग गरेकै जस्तो हतियारले आक्रमण गर्नेछ । यसरी यो आक्रमण प्रत्याक्रमणको समान स्थिति बन्दा दुवैको अहंकार तुष्टि हुनेछ र उनीहरू वार्तामा बस्न सक्नेछन् । यही नै सर्वाधिक सम्भाव्य र अपेक्षित दृश्य हो ।

तर परिस्थितिको मूल्यांकन गर्दै अनि कारवाही रणनीतिको अध्ययन गर्दै हामीले अर्को सम्भाव्य दृश्यलाई पनि बेवास्ता गर्न मिल्दैन । त्यो के भने सीमाको यो द्वन्द्व शुरूमा स्थानीय र पछि गएर बृहत्तर युद्धमा परिणत हुन पनि सक्छ र त्यस युद्धमा परम्परागत हतियारहरू मात्र प्रयोग गरिन सक्छन् । यो दुई आणविक शक्तिराष्ट्रहरू खुलमखुला युद्ध गर्ने इतिहासमै नदेखिएको स्थितिमा पनि पुग्न सक्छन् । दोस्रो विश्वयुद्धमा पनि यस्तै घटना भएको थियो र त्यतिखेर युद्धरत पक्षहरूले रासायनिक हतियार प्रयोग नगर्ने विकल्प छानेका थिए ।

सम्भाव्य आणविक आक्रमणका विषयमा के ढुक्क भए हुन्छ भने भारत र पाकिस्तान दुवैसँग रणनीतिक आणविक बल कारवाही योजना छ ।

भारत र पाकिस्तान दुवैले सम्भाव्य आणविक हमलाको योजना धेरै पहिलेबाट बनाउँदै आएका छन् : उनीहरूले आफ्नो टार्गेट पहिचान गरिसकेका छन्, हवाई मिसन विकसित गरिसकेका छन् र तिनलाई तत्तत् प्रणालीमा समावेश गरिसकेका छन् । ठूलो चिन्ताको विषय भनेको तिनीहरूले कारवाही योजनालाई सांगोपांग रूपमा कार्यान्वयन गर्न सक्छन् ।

विशेषगरी उनीहरूले ठूला शहरलाई टार्गेट बनाउन सक्छन् । उदाहरणका लागि, भारतको मुम्बईको जनसंख्या दुई करोडभन्दा बढी छ र यो संसारकै सबभन्दा बढी जनघनत्व भएको शहरमध्ये एक हो । आणविक आक्रमण भएको खण्डमा हताहतीको संख्या लाखौंमा पुग्न सक्छ ।

पाकिस्तानसँग पनि बढी जनघनत्व भएका क्षेत्र छन् । अझ, जमीनबाट आणविक आक्रमण गरिएमा वातावरणमा हजारौं टन रेडियोयाक्टिभ विकिरणहरू प्रवेश गर्नेछन् र हावाहरूले उक्त विकिरणलाई मध्य एसियाभरि फैलाउनेछन् ।

यस्तो अवस्थामा (अलि नराम्रो सुनिएपनि) दुवै पक्षले एकअर्काको मरुभूमि क्षेत्रमा आक्रमण गरेर आफ्नो आणविक क्षमताको प्रदर्शन मात्र गरेमा सही ठहरिन्छ । उदाहरणका लागि, भारतले ठूलो क्षेत्रफल ओगटेको थार मरुभूमिको दक्षिणपश्चिमी भागमा आक्रमण गर्न सक्छ भने पाकिस्तानले मरुभूमिको दक्षिणपूर्वी भागमा एउटा क्षेप्यास्त्र प्रहार गर्न सक्छ । अनि एकअर्काको निर्णायक सोचलाई हेरेर दुवै देश कूटनीतिको बाटोमा हिँड्न सक्छन् ।

तर यस क्षेत्रमा घटनाक्रमहरू तीव्र रूपमा विकसित भएर (जतिसुकै बोल्ड भए पनि) कुनै पनि भविष्यवाणी वा सम्भावित दृश्य वास्तविकतामा परिणत नहुने स्थिति आउन सक्छ किनकि सम्भाव्य विकासको अनुमान गर्न सकिने स्थिति छैन ।

आरटी डट्कममा प्रकाशित सैन्य टिप्पणीकार मिखाइल खोदारेनोकको विश्लेषण

-लोकान्तर बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah