पाकिस्तानमा फेसबुकदेखि अन्य विभिन्न सोसल मिडिया प्लेटफर्ममा भारतीय वायुसेनाका महिला पाइलटको तस्बिर सेयर गरिँदै छ । यी तस्बिर पोष्ट गर्दै भारतीय वायुसेनाका यी पाइलटले नै मंगलबार पाकिस्तानी सीमाभित्र गएर हमला गरेको दाबी गरिँदै छ ।

ह्वाट्सएपदेखि सोसल मिडिया ग्रुपमा यी तस्बिर र भिडियोलाई हजार पटकभन्दा बढी सेयर गरिसकिएको छ ।

यस्तै, बुधबार पाकिस्तानले मंगलबार भएको भारतीय सेनाको कारवाहीको बदलामा भारतीय वायुसेनाका दुई जेट विमानलाई खसालेको दाबी गरेको छ ।

पाकिस्तान सेनाका प्रवक्ताले यसबारे विस्तृत जानकारी दिँदै विमान पाकिस्तानी क्षेत्रमा खसेको र त्यसको पाइलटलाई पक्राउ गरिएको बताए ।

त्यसको केही घण्टापछि भारतले पनि यसको पुष्टि गर्दै उनको वायुसेनाका एक पाइलट हराइरहेका अर्थात्, ‘मिसिङ इन एक्सन’ छन् ।

भारत र पाकिस्तानबीच बढ्दो तनावको सिलसिला १४ फेब्रुअरीबाट पुलवामामा भएको आत्मघाती हमलापछि सुरु भएको हो ।

यी दाबीबीच भारतका थुप्रै सोसल मिडियाका पानामा भारतीय पाइलटको तस्बिर प्रयोग भइरहेको छ ।

यद्यपी, पाकिस्तानमा भएको हवाई हमलामा यी तस्बिरको कुनै सम्बन्ध नभएको बीबीसीले बताएको छ ।

सोसल मिडियामा राखिएको यो पोष्टमा देखिएकी महिला पाकिस्तानमा प्रवेश गरेर हमला गर्ने पाइलट दलमा एक्ली महिला पाइलट भएको दाबी गरिएको छ ।

यो सोसल मिडिया पोष्ट अनुसार यी महिलाको नाम अनिता शर्मा हो ।

तस्बिर सँगै लेखिएको छ, ‘पाकिस्तानमा छिरेर तीन सय आतंककारीलाई मार्ने एकमात्र महिला एयरफोर्स सैनिक यी सिंहिनीलाई बधाई दिनुहोस् ।’

थल सेना र वायुसेनाले अहिलेसम्म यो अभियानबारे कुनै टिप्पणी गरेको छैन र यी संस्थाले सामान्यताः यस्तो प्रकारको गोप्य अभियानमा भाग लिने अधिकारीको नाम सार्वजनिक गर्दैन ।

 

यद्यपी, वास्तवमा यो तस्बिर अवनी चतुर्वेदीको हो जो भारतीय वायुसेनाको लडाकू विमान चलाउने पहिलो भारतीय महिला पाइलट हुन् ।

लडाकू विमान चलाउने पाइलट भएको नाताले युद्धको स्थितीमा अवनीले यस्ता विमान चलाउन सक्छिन्

 

सोसल मिडियामा स्क्वाड्रन लिडर स्नेहा शेखावतको तस्बिर पनि यही दाबीसहित सेयर गरिँदै छ ।

शेखावतले सन् २०१२ मा गणतन्त्र दिवसको मौकामा वायुसेनाको समूहलाई नेतृत्व गरेका थिए । त्यसपछि सन् २०१५ मा गणतन्त्र दिवसमा भारतीय वायुसेनाको महिला समूहको उनले नेतृत्व गरेका थिए । परेडको नेतृत्व गर्ने उनी पहिलो महिला फाइटर प्लेन पाइलट हुन् ।

तर ट्वीटर, फेसबुक र ह्वाट्सएपका सबै पोष्टले उनलाई उर्वशी जरीवाला बताइरहेको छ र उनलाई सूरत भुल्का भवन स्कूलकी छात्रा पनि बताइएको छ ।

https://twitter.com/Karthiknatara16/status/1100445405756612608/photo/1

स्नेहा शेखावत सन् २००७ मा एनडीए परीक्षाको माध्यम वायुसेनामा प्रवेश गरेकी थिइन् । त्यसपछि उनले हैदराबाद ट्रेनिङ सेन्टरमा सर्वश्रेष्ठ महिला पाइलटको अवार्ड पनि पाएकी थिइन् ।

स्नेहा राजस्थानको शेखावती क्षेत्रकी हुन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah