श्रीनगर- भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरू ३० जना घाइते भएका छन् ।

यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिवार जानकारी दिएका छन् ।

भारत नियन्त्रित काश्मिरको गृष्मकालीन राजधानी श्रीनगरबाट झण्डै २०४ किलोमिटर टाढा पर्ने उधाम्पुर जिल्लाको माजाल्तामा शुक्रवार राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

घाइतेलाई उपचारका लागि तत्कालै जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा लगिएको उनीहरूको भनाइ छ ।

प्रहरीका अनुसार बसले स्थानीय यात्रु बोकेको थियो । उनीहरुले घटनाका बारेमा अनुसन्धान शुरू गरिसकिएको पनि बताएका छन् ।

भारतमा सवारी दुर्घटना अत्यधिक धेरै हुने गरेको छ भने दुर्घटनाका कारण बर्षेनी हजारौंको मृत्यु हुने गरेको छ ।

विशेष गरेर सवारी साधन र सडकको अवस्था ठिक नरहनु, चालकको लापर्वाहीलगायतका कारणले भारतमा धेरै दुर्घटना हुने गरेको अधिकारीले बताएका छन् ।
Photo : News18

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah