काठमाडौँ । आज सोमबार कुवेती दिनार बाहेक प्राय सबै देशको मूल्य घटेको छ। शुक्रबारको तुलनामा आज कुवेती दिनारको मूल्य सामान्य रुपमा बढेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ १६ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ७६ पैसा रहेको छ।
त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ ९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९२ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ४७ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ २७ पैसा छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३३ पैसा छ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९७ पैसा रहेको छ। त्यस्तै कुवेती दिनार एकको खरिददर ३७२ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्रिदर ३७४ रुपैयाँ ८८ पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३०१ रुपैयाँ ७४ पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर




