काठमाडौं – भारतका फरार हीरा व्यापारी नीरव मोदीको अलीबागमा रहेको बंगला शुक्रवार ध्वस्त पारिएको छ ।

समुद्र किनारामा रहेको १०० करोड भारु पर्ने बंगलालाई १०० वटा विस्फोटक प्रयोग गरेर ध्वस्त पारिएको हो ।मंंगलवार बंगला ढाल्ने काम शुरू गरिएको थियो । पहिला बंगलाका शीशाहरू फुटाइयो अनि आज ३० हजार वर्गफीट क्षेत्रमा बनेको बंगलालाई पनि ध्वस्त पारियो । शीशासहित बंगला विस्फोट गर्दा अन्य घरमा शीशाका टुक्रा पुग्ने सम्भावना रहने भएकाले पहिल्यै फुटाइएको हो ।

नीरव मोदीमाथि लगभग १३ हजार ७०० करोड भारुको पीएनबी घोटालामा मुख्य आरोपित बनाइएको छ । घोटाला सार्वजनिक भएपछि नीरवका अनेकौं ठेगानामा छापा मारेर सम्पत्ति सीज गरिएको थियो ।

ध्वस्त पारिएको बंगलामा अनेकौं बेडरूम र हल थिए । पहिलो तल्लामा एक हजार वर्गफीटको स्विमिङ पूल पनि थियो । बंगलाबाहिर अवैध तरिकाले गार्डन पनि बनाइएको थियो ।

महाराष्ट्र सरकारले यो बंगला ध्वस्त पार्नका लागि डिसेम्बर ४ मै आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah