धेरै भारतीय परिवारहरू अझ पनि छोरीभन्दा छोरा रोज्छन् । तर भारतको मध्य प्रदेशमा हीना जन्मँदा उनका बाबुआमाले उत्सव मनाएका थिए।

दुर्भाग्यवश त्यो उत्सव राम्रो कारणका लागि थिएन। हीना मध्य प्रदेशमा बसोबास गर्ने बाचरा समुदायकी एक सदस्य हुन्।

शताब्दी‌‍औँदेखि बाचरा समुदायको परिवारमा जन्मने जेठी छोरीलाई १०-१२ वर्षको उमेरदेखि यौनकर्ममा लगाइन्छ।

जेठी छोरी बूढी हुँदै गएपछि बहिनीहरूले दिदीलाई विस्थापित गर्छन्।

एउटा पुस्तादेखि अर्कोसम्म ‘स्वीकार्य प्रथाका रूपमा’ यो प्रचलन कायम रहँदै आएको छ। कतिपय महिलाहरूको त बाबु र दाजुभाइले दलालको काम गर्ने गरेको पनि पाइन्छ।

उनीहरूको समुदायमा विवाह पनि फरक तरिकाले गरिन्छ। आफ्नी छोरी दिए बापत माइती पक्षले ‘दाइजो’को रूपमा ठूलो मात्रामा पैसा माग्छन्।

‘मसँग विकल्प के थियो र’
जन्मेदेखि नै हीनालाई त्यस्तै जीवनका लागि तयार पारिँदै थियो र नाबालिक हुँदा नै यौनकर्ममा लगाइयो।

उनले बीबीसी हिन्दीसँग भनिन्, “मलाई यस्तो काम गर्न बाध्य बनाइँदा म १५ वर्षकी मात्र थिएँ। मैले स्कूल जान छोड्नुपर्‍यो र आमा र हजुरआमाकै जस्तो कर्म थाल्नुपर्‍यो।”

उनले हरेक दिन गाउँका धनाढ्यदेखि ट्रक ड्राइभरसम्मलाई सन्तुष्ट पार्नुपर्थ्यो।

“म १८ वर्ष पुग्दा मैले त्यो कति नराम्रो कुरा हो भन्ने महसुस गरेँ र म असाध्यै क्षुब्ध बनेँ। तर मसँग विकल्प के थियो र?”

“यसरी पैसा नकमाए मेरो परिवार कसरी पालिन्थ्यो र?”

बाचराहरू भारतमा तुलनात्मक रूपमा गरीब छन् र परिवारको आर्थिक अवस्था उकास्न महिलाहरूमाथि निर्भर रहन्छन्।

स्थानीय गैरनाफामूलक संस्थाका आकाश चौहानका अनुसार यो पेशामा लागेका एक तिहाइ नाबालक नै छन्।

बाचराहरू कुनै समय जङ्गली जाति थिए। उनीहरू मध्य प्रदेशका तीन जिल्लामा फैलिएका छन्।

उनीहरू अधिकांश ग्रामीण भेगमा या ट्रक ड्राइभरहरू आराम गर्न रोकिने राजमार्ग छेउछाउका क्षेत्रमा बस्छन्।

यौन व्यवसायको सञ्चालन
स्थानीय भाषामा खिलावाडी अर्थात ‘खेल्नेहरू’ भनेर चिनिने कलिला केटीहरू डोरीका खाटमा कहिले एक्लै त कहिले समूहमा ग्राहक कुरिरहेका भेटिन्छन्।

त्यहाँ स-साना पसल जस्ता ठाउँ हुन्छन् जहाँ मोलतोल गर्नेहरू हुन्छन्। त्यस्तो काम परिवारका सदस्यले गर्छन्। उनीहरूले ड्राइभरहरूसँग पैसाको मोलतोल मिलाउँछन्। त्यो धेरैजसो एक सयदेखि दुई सय भारतीय रुपैयाँ हुन्छ।

स्थानीयवासीका अनुसार कुमारीहरूले उच्च मूल्य पाउँछन् जुन पाँच हजार भारुसम्म हुनसक्छ। “हरेक दिन दिउँसो चारदेखि पाँच पुरुष आउँथे। रातमा हामी नजिकैका होटल वा अन्य कहीँ जान्थ्यौँ।”

“त्यहाँ सङ्क्रमणको खतरा सधैँ थियो,” हीना सम्झिन्छन्।

बाचरा समुदायबारे राष्ट्रिय अखबार द हिन्दुले सन् २००० मै सार्वजनिक गरेको थियो।

द हिन्दुले यौनकर्म गर्नेहरूको रगत परीक्षण गर्दा ५,५०० सदस्यहरूमध्ये १५ प्रतिशतको एचआइभी सङ्क्रमित पाइएको लेखेको थियो।

केटीहरू ससाना पसल जस्ता लाग्ने ठाउँका भित्र वा नजिकै ग्राहक कुरिरहेका पाइन्छन्

यस्ता खिलावाडीहरूमध्ये कतिले बच्चा पनि जन्माउँछन्। केही वर्षपछि हीनाले पनि छोरी जन्माइन्। त्यसपछि उनलाई अझ धेरै काममा लगाइयो।

“कति केटीहरूलाई त गर्भवती हुँदा पनि यौनकर्ममा लगाइन्छ।”

“उनका बच्चाको रेखदेखका लागि भन्दै झन् बढी कमाउन दबाव दिइन्छ,” हीना भन्छिन्।

यौनकर्मी बनेपछि आफ्नो समुदायका युवकसँग बिहे गर्न पनि वर्जित गरिन्छ।

अन्तत: हीनाले स्थानीय गैरनाफामूलक संस्थाको सहयोगमा यो कामबाट बाहिर आउन सफल भइन्।

उनीहरूले राजमार्ग वरपरका उपभोक्तालाई सेवा पुर्‍याउने गर्दै आएका छन्

“यस्तो नराम्रो काम गर्न बाध्य भएका केटीहरूले मात्रै यसको पीडा बुझ्न सक्छन्। त्यहाँ कस्तो हुन्छ भन्ने मलाई थाहा छ त्यसैले यस्तो प्रथा अन्त्य गर्न म सहयोग गर्न चाहन्छु।”

यस्तो परम्परा कसरी शुरू भयो भन्नेबारे थुप्रै भनाइहरू छन्। यी घुमन्ते जातिले पैसा कमाउन कठिन भएपछि गरिबीबाट मुक्ति पाउन यस्तो व्यवसाय अपनाउन थालेको एकथरीको भनाइ छ।

कानुनले के भन्छ?

भारतमा छोरीको बदला छोरा रोज्ने प्रचलनले महिला र पुरुषको अनुपात खतरनाक मोडमा पुर्‍याएको छ तर बाचरा समुदायमा भने उल्टो छ।

“यो समुदायमा करिब ३३,००० जना छन् जसमध्ये ६५ प्रतिशत महिला छन्,” अशोक चौहान भन्छन्।

यसरी सङ्ख्या बढ्नुको कारण अरु ठाउँबाट अवैधानिक रूपमा कलिला केटीहरू यहाँ बेचबिखन गर्नु पनि हो।

“यो क्षेत्रबाट केही महिनायता मात्रै ५० नाबालिकहरू हामीले उद्वार गरेका छौँ,” प्रहरी अधिकारी मनोज कुमार सिंहले बीबीसीलाई भने।

“हामीले एउटी दुई वर्षकी केटी पनि भेट्यौ्ँ जसलाई अहिले शरणकेन्द्रमा राखिएको छ।”

प्रहरीले बारम्बार छापा मार्ने गरेका छन् तर यस्ता प्रचलनहरू सामाजिक चेतना वृद्धिबाट मात्र अन्त्य गर्न सकिन्छ।

यो समुदाय बसोबास गर्ने मध्य प्रदेशको सरकारले हालै मात्र १२ वर्षमुनिका बालबालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको अधिकारसहितको कानुन पारित गर्‌यो।

१८ वर्षमुनिका बालिकासँग यौन सम्बन्ध राख्नेहरूका लागि जेल सजाय पनि बढाइयो।

तर यस्ता व्यवस्थाले पनि कुनै फाइदा भएको छैन।

बाचराको भविष्य
सन् १९९३ मा बाचराहरूमा रहेको यौन व्यवसाय समाप्त पार्ने योजना ल्याइयो। तर त्यो पूर्ण कार्यान्वयनमा आएको छैन।

महिला तथा समाज कल्याण विभागका राजेन्द्र महाजनका अनुसार हरेक वर्ष गैरनाफामुखी संस्थाहरूलाई योजना कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गर्दै विज्ञापन गरिन्छ तर कसैले पनि अहिलेसम्म त्यो मापदण्ड पूरा गर्न सकेका छैनन्।

जबाली योजनाले महिलाहरूलाई शिक्षा स्वास्थ्य र चेतनाको जागरण गराएर पुनर्स्थापित हुन केन्द्रित गर्ने भनेको छ।

तर स्थितिमा परिवर्तन आइरहेको छ।

बाचरा समुदायका नयाँ पुस्ताका सदस्यहरूले अरुतिर जागिर खोजेर या पढाइ नटु्टाएर चल्दै आएको प्रथाको विरोधमा लाग्न थालेका छन्।

हीना पनि एउटा त्यस्तै एउटा कार्यक्रमको सहयोगमा सन् २०१६ मा उद्वार गरिएकी युवती हुन्।

उनी भन्छिन्: “मैले अरु केटीहरूलाई यस्तो कर्ममा नलाग्नेबारे बुझाउन खोज्छु र त्यसबाट बाहिर ल्याउन जे गर्न सकिन्छ त्यसमा सहयोग गर्छु।”

हीना भन्छिन् “शिक्षाले मात्र उनीहरूलाई सहयोग गर्न सक्छ।”

साभार : बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah