भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफ्नो उर्जा, ओजस्वी भाषण तथा नेतृत्व क्षमताका लागि चर्चित मानिन्छन्। सन् २०१४ पछि सन् २०१९ को लोकसभा चुनावमा पनि आफ्नो नाममाथि मात्रै मत माग्ने मोदी एकमात्र भारतीय नेता हुन्।

उनको सन्देश स्पष्ट हुन्छ– मतदाताको मत उनका सांसदका लागि नभई सिधा नरेन्द्र मोदीका लागि हुन्छ। जुन चुनाव सांसद चुन्नका लागि हुन्छ, त्यसलाई मोदीले आफ्नो व्यक्तित्वको जादुले प्रधानमन्त्री चुन्ने चुनाव जस्तो बनाइदिए।

सन् २०१४ देखि यस्तो पनि चर्चा चलिहेको छ कि मोदीले चुनावमा गधालाई खडा गरे पनि जित्छ। उत्तर प्रदेश (युपी) विधानसभा चुनावताका पनि यस्तै चर्चा चलेको थियाे। जसमा जनतालाई उम्मेदवारका बारेमा थाहा थिएन, बस् मतदान मोदीका लागि गर्नु थियो। यी मतदातामा केवल पुरुष मात्रै थिएनन्, महिला पनि थिए।

प्रश्न उठ्छ- यति शक्तिशाली व्यक्ति महिलाका नजरमा कस्ता छन्?

हरियाणाको रेवाडीकी सुनिता मतदानका सम्बन्धमा स्पष्टरुपमा भन्छिन्– भोट त मोदीलाई नै दिन्छु। उनका साथ उभिएकी अरु महिला पनि हाँस्दै यसै भन्छन्। मोदीसँग बिहेबारेको प्रश्नमा महिला हाँस्न थाल्छन्। एक महिला भन्छिन्, ‘यो जन्ममा कहाँ सम्भव छ र उनीसँग बिहे गर्न?’

उनीसँगै रहेकी एक महिला गम्भीर भएर भन्छिन्, ‘मोदी सबैलाई ठीक गरिदिन्छन्, किन बिहे नगरौं?’ मोदीको ‘एंग्री स्ट्रोङ म्यान’वाला इमेजमाथि यी महिला थप्छिन्, ‘मर्द यस्तै नै हुनुपर्छ। उचित ठाउँमा उठ्ने रिस त पुरुषको शोभा नै हो। महिलाको जस्तै नरम स्वभाव भएका पुरुष ठीक लाग्दैन।’

‘मारपिट त गरेनन्, रक्सी त पिएनन्, बिहेमा किन समस्या?’

यद्यपि नरेन्द्र मोदीको बिहेको विषयलाई लिएर धेरै चर्चा हुने गरेकाे छ। जसोदा बेनको नाम यदा–कदा उठिरहन्छ। तर, सुनिता र उनकी साथी महिलाका लागि यो खासै ठूलो विषय होइन। उनी भन्छिन्, ‘यसमा के खराबी छ? सँगै रहेनन् त अलग भए। मारपिट त गरेनन्? रक्सी त पिएनन्? घरमा दोस्राे महिला त लगेनन्?’

महिलाको यही जवाफलाई लिएर हरियाणाका मानवअधिकारकर्मी दीपिका नारायण भारद्वाजसँग कुराकानी गर्दा उनकाे जवाफ थियाे, ‘नरेन्द्र मोदी अब एकल हुन्। साथै उनको धेरै पहिले भएको बिहेलाई लिएर प्रश्न उठाउनु उचित हुँदैन। कुनै पनि हिसाबले यो बिहे टुट्न सक्थ्यो। महिलाले यसरी मोदीका बारेमा सोच्नु स्वभाविक हो। हरियाणामा त समान्यतयाः यसलाई राम्रै मानिन्छ।’

बिहारको सासारामकी कञ्चन मोदीको बिहेबारेको प्रश्नले हाँसेर लाजले भुतुक्कै हुन्छिन्। उनी भन्छिन्, ‘उमेरको फरक धेरै छ। थोरै कम हुन्थ्यो भने कसले बिहे गर्दैन्थ्यो?’

कञ्चनकी महिला साथी पनि हाँस्छिन् र कञ्चनलाई ‘नरेन्द्र मोदीकाे बो’ भनेर चिढ्याउन लाग्छिन्। बिहारको भोजपुरी भाषा बोलिने यस क्षेत्रमा पत्नीलाई उसको पतिको नामको अघि ‘बो’ लगाएर बोलाइन्छ। उदारणका लागि कुनै राकेशकी पत्नीलाई ‘राकेश बो’ भनेर बोलाइन्छ।

‘जो अपराधीलाई मिनेटमै ठीक गरिदिन्छन्’

कञ्चन भन्छिन्, ‘यस्तो पति कसलाई राम्रो नलाग्ला, जो ठूला–ठूला मान्छेलाई धम्काएर कुराकानी गर्छन्, जो अपराधीलाई मिनेटमै ठीक गरिरिन्छन्।’

उनी आफ्नो गाउँ पञ्चायतको उदाहरण दिँदै भन्छिन्, ‘यदि मोदी मेरा पति हुन्थे भने के गाउँ पञ्चायतमा हाम्रो काम पन्छाउथे?’ कञ्चनका अनुसार मोदी प्रधानमन्त्री नभई किसान पति हुन्थे भने पनि पञ्चायतकाे काम पन्छाउन सक्दैनथे। उनका साथमै रहेकी महिला उनको भनाइमा सहमति जनाउँछिन्।

मत कसलाई दिने भन्नेबारे भने उनीहरुको फरक–फरक मत थियो।

‘माेदी राजाजस्तै देखिन्छन्’

युपीको आजमगढकी कविता बताउँछिन् कि मत अखिलेशलाई दिनेछिन्। तर नरेन्द्र मोदीको भने प्रशंसा गर्छिन्। उनी भन्छिन् कि ‘यी मान्छे सधैं सफा देखिन्छन्, कुनै राजा सरह। हिँडाइको शैली पनि मर्दको जस्तै छ’।

‘कमसेकम सम्बन्ध विच्छेद गर्नुपर्थ्याे’, मोदीको बिहेबारेको प्रश्नमाथि उनी भन्छिन्, ‘कमसेकम मारपिट त गरेनन्। शान्तिपूर्वक अलग हुनुमा के खराबी? कमसेकम उनकी पत्नि खराब हालतमा त छैनन्।’

उनलाई लाग्छ आफ्नाे अवस्थाबारे पतिबाट अलग्गिएकी महिलालाई मात्रै थाहा हुन्छ। समाज कहिल्यै पनि बुझ्दैन कि उनको मनमा के गुज्रेको हेला?

मध्य प्रदेशकी सञ्जुलाई पनि नरेन्द्र मोदी बिहेका लागि उपयुक्त व्यक्ति हुन्। हामीले के तपाईं मोदीसँग बिहे गर्नुहुन्छ भनेर सञ्जूसँग सोध्यौं। उनकाे जवाफ थियो- नाइ। कारण उनी यसअघि नै विवाहित हुन्। ‘बिहे नभएको हुन्थ्यो भने गर्नुहुन्थ्यो?’ भन्ने प्रश्नलाई भने उनले हाँसेर टारिदिइन्।

यो सम्झनलायक कुरा हो कि भारतीय समाजमा बिहे कैँयौं जन्मका लागि बन्धन जस्तै मानिन्छ। बिहेपछि बिहेअघि कसैलाई मन पराउँथे भन्नु कठिन कुरा पनि हो।

बिहे या ‘क्याजुअल अफेयर’?

धेरै महिला मोदीको शक्तिशाली व्यक्तित्वलाई लिएर प्रभावित भएको देखियो। उनीहरु मोदीसँग बिहे गर्नका लागि केही समान गुण देख्छन्–

१. प्रभावशाली र आत्मविश्वासी
२. सफा पहिरन
३. सबैलाई ठीक गर्ने क्षमता
४. खराब मान्छेविरुद्ध एक्सन लिने क्षमता
५. आफ्ना लागि केही लोभ नभएको

बिहेका लागि मोदीको कुन गुणले समस्या सिर्जना गर्ला त? यसको भने रोचक जवाफ पाइयो–

१. आवश्यकता भन्दा बढी व्यस्त
२. पैसा जम्मा गर्न नजान्ने
३. कहिले छोडेर जान्छन् पत्ताे नहुने
४. आवेगले कहिलेकाहीँ समस्या सृजना गर्न सक्छ

संयुक्त परिवारका यी महिलासँग यौन साथीका बारेमा बुझ्न सकिँदैनथ्याे। किनकि जवाफ मिल्दैनथ्याे।

पृतिसत्तात्मक समाजका महिलालाई शक्तिशाली व्यक्ति मन पर्ने सम्भावना हुन्छ, किनकी उनीहरु त्यही तरिकाबाट हुर्किन्छन्।

बनारसकी कलेज विद्यार्थी पुनम भन्छिन्, ‘नरेन्द्र मोदीसँग बिहे भए सधैं लडाइ हुनसक्छ। पहिले त उनले ‘भाइ या बहिनी’बाट आफ्नो भनाइ सुरु गर्लान्, जो कोही कसैले पनि सहँदैन। कसैको कुरा नसुन्नेसँग कुरा गर्नुको के फाइदा? अब कोही सुन्नका लागि मात्रै त बिहे गर्दैन होला।’

एक ‘क्याजुअल अफेयर’बारे पुनम भन्छिन्, ‘यो ‘एक्साइटिङ’ हुनसक्छ।’

प्रधानमन्त्रीका याेजनाले महिला प्रभावित

मनोवैज्ञानिक चिकित्सक अश्ना गुप्ता प्रधानमन्त्रीका योजनाले यस्ता कुरामा धेरै प्रभाव पार्नसक्छ। उनी भन्छिन्, ‘घरमा छत हालिदिने, ग्याँस सिलिन्डर तथा महिलासँग जोडिएका योजनाले महिलासँग भावनात्मक मिलनलाई सजिलो बनाइदिन्छ। एक परम्परागत गाउँले महिला आफ्नो पतिका रुपमा यस्तो मानिस खोज्छन्, जो उनीहरुको सुरक्षा दिन सकोस्।’

प्रधानमन्त्री नरेन्द्र मोदीको कंगना रनौत, अनुष्का शर्मा, प्रियंका चोपडा, आलिया भटदेखि इभान्का ट्रमका साथ भएको तस्बिर सार्वजनिक भयो। प्रधानमन्त्री यस्ता कुनै मौका खेर जान दिँदैनन्, जसमा कुनै सेलिब्रिटिभन्दा बढी आफू सेलिब्रिटी देखियोस्। यस्ता तस्बिरमा मोदी सहज देखिन्छन्। खुलेर कुरा गर्न सक्छन्।

देशका विभिन्न भागमा महिलाका विभिन्न मत होलान्, तर आफ्नो व्यक्तित्वका भरमा प्रधानमन्त्री नरेन्द्र मोदी लगभग हर ठाउँ पुग्नमा सफल भएका छन्। निश्चित रुपमा महिला उनीमाथि सकरात्मक या नकरात्मक धारणा राख्न सक्छन्।

(आलेखमा उल्लेखित नाम परिर्वतन गरिएका हुन्। ‘दि प्रिन्ट’का लागि जोति यादवले तयार पारेको यस आलेखलाई रामकुमार डिसीले अनुवाद गरेका हुन्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah